नियम १२
राजनीतिक तटस्थता कायम गर्ने
(१) निजामती कर्मचारी कुनै राजनीतिक पदाधिकारीको व्यक्तिगत, व्यवसायिक वा राजनीतिक इच्छालाई प्रवद्र्धन गर्ने क्रियाकलापमा संलग्न हुनु हुँदैन ।
(२) निजामती कर्मचारीले कुनै पनि राजनीतिक दल, तिनीहरुका भातृ संगठन वा कुनै दलको नेताको समर्थन वा विरोधमा कुनै विचार व्यक्त गर्न वा त्यसमा कसैलाई समर्थन वा विरोध गर्नको लागि प्रभावमा पार्नु हुँदैन । ट्रेड युनियनको हकमा सोही ऐनमा उल्लेख भए बमोजिम
हुनेछ।
(३) निजामती कर्मचारीले आफ्नो पदीय जिम्मेवारी पूरा गर्दा पूर्णरुपमा राजनीतिक तटस्थता कायम गर्नु पर्नेछ ।